वसन्त अनुभव

काठमाडौ, १५ असार
नेपालमा विगत २४ घण्टामा ४७६ जना नयाँ संक्रमित थपिएका छन । जसमा ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रीफिङ कार्यक्रममा प्रबक्ता जागेश्वर गौतमले उक्त जानकारी दिएका हुन ।
आज थपिएका संक्रमित सँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २ सय ४८ पुगेको छ । जसमा १ हजार ५ सय ८६ जना महिला र ११ हजार ६ सय ६२ जना पुरुष रहेका छन ।
आज भएको RT-PCR बिधिबाट गरिएको स्वाव नमुना परिक्षणमा पोजेटिभ देखिएकाहरुको विवरण :
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, विराटनगर
मोरङ – १ महिला
गजेन्द्रनारायण सिंह अस्पताल, राजविराज प्रयोगशाला
सप्तरी – १० महिला र ५ पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, जनकपुर
धनुषा – ६ पुरुष
महोत्तरी – ४ पुरुष
नारायणी अस्पताल, बिरगंज
पर्सा – १ पुरुष
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु
बाग्लुङ – १ महिला र १३ पुरुष
अर्घाखाँची – ३ महिला र २४ पुरुष
भक्तपुर – १ पुरुष
धनकुटा – १ पुरुष
गोरखा – ५ पुरुष
गुल्मी – ५ महिला र १५ पुरुष
खोटाङ – १ महिला
पाल्पा – १ महिला र १२ पुरुष
पर्वत – १ महिला र १२ पुरुष
प्युठान – १ महिला र ४ पुरुष
रौतहट – १ महिला र १५ पुरुष
रोल्पा – १ पुरुष
रुपन्देही – ३ पुरुष
स्याङ्जा – १ महिला र ७ पुरुष
तनहुँ – ५ महिला र ४ पुरुष
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
धादिङ – १ महिला र १ पुरुष
काठमाडौ – २ महिला र २ पुरुष
भरतपुर अस्पताल प्रयोगशाला, चितवन
अर्घाखाँची – ११ पुरुष
चितवन – २ महिला र २ पुरुष
कैलाली – १ पुरुष
पाल्पा – १३ पुरुष
किटजन्य अनुसन्धान प्रयोगशाला, हेटौंडा
बारा – ३ पुरुष
मकवानपुर – १ पुरुष
रौतहट – १ पुरुष
धुलिखेल अस्पताल, धुलिखेल
काभ्रे – १ पुरुष
पाटन अस्पताल, ललितपुर
काठमाडौ – १ पुरुष
रौतहट – १ पुरुष
ललितपुर – १ पुरुष
त्रि वि शिक्षण अस्पताल प्रयोगशाला
काठमाडौ – १ पुरुष
बाजुरा – २० महिला र ४६ पुरुष
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, रुपन्देही
कपिलवस्तु – २ पुरुष
प्युठान – १ महिला र २ पुरुष
रुपन्देही – २ पुरुष
भेरी अस्पताल प्रयोगशाला, नेपालगन्ज
डोल्पा – २ पुरुष
कालिकोट – २ पुरुष
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, दाङ
दाङ – २२ महिला र ३६ पुरुष
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्ला
बाजुरा – ८ महिला र २४ पुरुष
रुकुम पश्चिम – १ पुरुष
सेती प्रादेशिक अस्पताल प्रयोगशाला, धनगढी
कैलाली – ८ महिला र २१ पुरुष
डोटी – १७ महिला र ५२ पुरुष
बिगत २४ घण्टामा RT-PCR बिधिबाट ७ हजार ७ सय ९१ जनाको र RDT विधिबाट १ हजार ८ सय २२ जनाको कोरोना परिक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका छन ।
प्रवक्ता गौतमका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ५७ हजार ३ सय ६८ जना र आइसोलेसनमा रहेका संक्रमितको संख्या १० हजार ८५ जना रहेको छ । हालसम्ममा मृत्यु हुनेको संख्या भने २९ रहेको छ ।
त्यस्तै गत २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १२१ जना रहेको छ । जसमध्ये १३ जना महिला र १०८ जना पुरुष रहेका छन । हालसम्म निको भइ डिस्चार्ज हुनेको संख्या ३ हजार १ सय ३४ जना रहेको छ । जसमध्ये २ सय ६६ महिला र २ हजार ८ सय ६६ पुरुष रहेका छन ।

