बसन्त अनुभव

दाङ,१४ असार ।
तुलसीपुर उमनपा स्थित उरहरी क्वारेन्टाइनमा रहेका २ जना ब्यक्तिमा कोरोना पोजिटिभ देखिएको छ । निजहरूको स्वाव नमुनाको दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइतबार गरिएको कोरोना परिक्षणमा पोजेटिभ भेटिएको हो ।
कोरोना संक्रमण पुष्टि हुनेमा तुलसीपुर उमनपा ११ निवासी एक पुरुष र रुकुम चौरजहारी ८ निवासी एक पुरुष रहेका छन ।उनिहरु भारतबाट नेपाल आई जेठ १८ गते देखि उरहरी क्वारेन्टाइनमा बस्दै आएका थिए ।
उनिहरु सहित उरहरी क्वारेन्टाइनमा बस्ने ५४ जनको स्वाव जेठ ३० गते नै संकलन गरि पठाइएको ४९ जनाको शुक्रबार नै नेगेटिभ रिपोर्ट आएको थियो । वाकी रहेका ५ जनाको आज भएको परिक्षणमा २ जनाको पोजिटिभ र ३ जनाको नेगेटिभ आएको हो ।
पोजिटिभ आएका २ जनालाई आजै कोरोना बिशेष अस्पताल बेलझुण्डी लैजाने तयारी भएको छ भने नेगेटिभ रिपोर्ट आएका ५२ जनालाई १ हप्ताको होम क्वारेन्टाइनमा बस्ने सुझाव सहित घर पठाइदैछ ।

