
सुशील सुबेदी
पूर्व मन्त्री तथा नेपाली कागँ्रेसका केन्द्रिय सदस्य मोहन बस्नेतले सिन्धुपाल्चोकको बार्हबिसे स्वास्थ्य केन्द्रलाई पि सि आर मेसिन किनिदिने घोषणा गर्नु भएको छ् । कोरोना ँसक्रमण देखिएको धेरै समय हुँदापनि एक तिहाइ जिल्लामा पनि पि सि आर मेसिन नभएको भन्दै जिल्लाको बार्हबिसे अस्पतालमा पि सि आर प्राबिधिको अत्याधुनिक मेसिन उपलब्ध गराइदिने उहाले आज सुचना मार्फत जानकारी गराउनु भएको हो ।साथै कर्मचारी र किट लगयात ब्यबस्था पनि आँफैले गरिदिने कागँ्रेसका स्थानिय नेता युधिर पौडेलले जानकारी दिनुभयो । उँहाले सुचना प्रकासित गर्दै सरकार कोरोना सन्क्रमण रोकथाममा सकृया हुन पर्नेमा जोडदिनुभयो । यस अघि बस्नेतले ६१३ स्वास्थ्यकर्मीको बिमा त्यस्तै प्रहरी पत्रकार स्वास्थ्य सस्थालाई सामाग्री उपलब्ध गराउनु भएको थियो भने नेपालमै पहिलो पटक कोरोनाका कारण निधन भएका महिलाको शिशुलाई १ लाख सहयोग र उच शिक्षाको सहयोगको प्रतिबद्दता जनाउनु भएको थियो ।

