कोरोना भाइरसका लक्षण र बच्ने उपायहरु

  • १२ असार २०७७, शुक्रबार २२:५५ मा प्रकाशित
  • १. नोभल कोरोना भाईरसबाट आफु पनि बचौ अरुलाई पनि बचाऔँ ।
     ज्वरो आएमा ।
     रुघा र सुक्खा खोकी लागेमा ।
     स्वास फेर्न गाह्रो भएमा ।
     टाउको दुख्ने भएमा ।
     थकित महशुस गरेमा ।
     झाडापखाला तथा बान्ता भएमा ।
    तुरुन्त नजिकको स्वास्थ्य संस्थामा खबर गरौँ ।
    २. कोरोना भाईरसबाट बच्नको लागी
     नियमित साबुन पानिले हात धुने गरौ ।
     खोक्दा र हाछ्यूँ गर्दा नाक र मुख छोप्ने गरौँ ।
     फ्लु जस्तो लक्षण देखिएको जो कोही ब्यक्तीको सम्पर्कबाट टाढा रहने गरौ ।
     ज्वरो सहितको रुघा खोकी देखिएमा तुरुन्त स्वास्थ्यकर्मीको परामर्श लिने गरौ ।
     माछा, मासु, अण्डा राम्रो सँग पकाएर मात्र खाने गरौ ।
     बिदेशबाट आएका तथा अन्यत्र जिल्लाबाट आएका मानिसहरु १४ दिन सम्म क्वारेन्टाईनमा बस्ने र अरुको सम्पर्कमा नजाने ।
     काम बिशेषले बाहिर जाँदा सँधै सर्जिकल माक्स,पन्जा र सेनिटाईजरको प्रयोग गर्ने गरौ ।

    बिशेष थप अनुरोध गर्दछौँ ।
    १. सम्पुर्ण ब्यबसायीहरुले आफ्नो पसललाई सुरक्षित राख्ने ।
    २. ग्राहकहरुलाई सामाजिक दुरी कायम राख्नको लागी सिमा तोकि दिने ।
    ३. पसल तथा बैक बित्तिय संस्थामा एकै पटक भिडभाड हुन नदिने ।
    ४. सामान किन्ने र बेच्ने दुबैले अनिवार्य माक्स तथा सेनिटाईजरको प्रयोग गर्ने ।
    ५. बिना काम अनाबश्यक घरबाट बाहिर ननिस्कौ । निस्कनै परेमा सुरक्षा मापदण्ड अपनाएर मात्र निस्कौँ ।
    ६. क्वारेन्टाईनमा बसेका ब्यक्ती तथा निजका परिवार र आफन्तहरुलाई आत्मबिश्वास बढ्ने खालका सकारात्मक सन्देश प्रवाह गरौँ ।
    ७. सामाजिक संजालहरुमा नकारात्मक टिका टिप्पणी नगरौँ ।
    ८. बिशेष काम बाहेक सवारी साधनलाई घरमानै राखौँ ।
    ९. नेपाल सरकारले तोकेको सुरक्षा सर्तहरु तथा अन्य नियमको पुर्ण रुपमा पालना गरौँ ।

    Leave a Reply