कार दुर्घटनामा बाँकेमा दुईजनाको मृत्यु 

  • ९ असार २०७७, मंगलवार २१:२२ मा प्रकाशित
  • बाँकेमा भएको कार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मंगलबार दिउँसो पूर्वपश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिक  १ सिक्टामा पूर्वबाट पश्चिम जाँदै गरेको बा १४ च २७८९ नम्बरको कार अनियन्त्रित भएर रूखमा ठोक्किएको बाँके प्रहरी प्रवक्ता डिएसपी सुवास खड्काले जानकारी दिए ।
    दुर्घटनामा परी चितवनको भरतपुर महानगरपालिका १२ का कार चालक ४१ वर्षीय कमलराज लम्साल र पूर्व नवरपरासीको कावासोती नगरपालिका ८ का २२ वर्षीय क्षितिजराज कँवरको मृत्यु भएको छ।

    चालक लम्सालको कोहलपुर मेडिकल कलेजतर्फ लैजाँदै गर्दा बाटोमै र कुँवरको उपचारका क्रममा मृत्यु भएको खड्काले जानकारी दिए ।
    साभार : सेतोपाटी.कम

    Leave a Reply