
पर्वतमा पहिरोमा पुरीएको ९ जना मध्ये ८ जनाको शब निकालिएको छ भने अझै १ बेपता रहेका छन् ,
जिल्लाकाे कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारीमा गएराति पहिरोमा पुरिएका ९ जनामध्ये थप २ जनाको शव भेटिएको छ।

तर उनीको पहिचान भने हुन बाँकी रहेको छ। यससँगै पहिराेमा परी मृत्यु हुनेकाे संख्या ८ पुगेकाे छ ।अझै १ जना बेपत्ता अवस्थामै रहेका छन् घरभन्दा माथिबाट आएको पहिरोले दुई घर पुरिँदा दुवै परिवारका ९ जना पहिराेमा हराएका थिए पहिरोमा पुरिएका मध्ये ५८ वर्षीय तुलबहादुर थापा,उनकी श्रीमती मीनकुमारी थापा र नातिनि विविशा थापा, दिपा थापा र अर्को परिवारका कमला विक र प्रमिशा विकको शव भेटिएको हो ।बेपत्ता १ काे खोजी कार्य जारी।


