कोभिड १९ रोकथाम र सुरक्षा सम्बन्धि सचेतनामुलक ३ दिने प्रशिक्षण कार्यक्रम काभ्रेमा सुरु

  • ३२ जेष्ठ २०७७, आईतवार १७:५८ मा प्रकाशित
  • सुशील सुबेदी

    कोभिड १९ रोकथाम र सुरक्षा सम्बन्धि सचेतनामुलक ३ दिने प्रशिक्षण कार्यक्रम आजबाट मन्डन देउपुर नगरपालिकामा सुरु भएको छ ।कार्यक्रममा मण्डन देउपुर नगरपालिकाका प्रमुख टोक बहादुर वाइबाले आफू सुरक्षित भएर स्वास्थकर्मिहरुले आफ्नो काम गर्न पर्ने बताउनुभयो ।

    उहाँले नआत्तिन तर सतर्कता अपनाउन स्वास्थ्यकर्मी हरुलाइ आग्रह गर्नुभयो । पहिला आफु बच्ने उपायहरु अपनाएर मात्र अरुलाइ बचाउन अगाडि बढ्नुपर्ने प्रमुख तामाङको भनाइछ ।प्रशिक्षण कार्यक्रममा स्वास्थ्यकर्मिहरुले अपनाउन पर्ने साबधानीको बारेमा जानकारी दिइएको थियो ।

    स्वास्थ साधन जस्तै माक्स, पन्जा , पि पि इ सेट लगाउदा ध्यान दिनुपर्ने कुराहरु र लगाउने तरिकाको बारेमा धुलिखेल अस्पतालका डाक्टर मनोज अधिकारी र सन्जय कुमार शाहले सहजिकरण गरिरहनु भएको छ । कार्यक्रममा २० जना भन्दा बढि स्वास्थकर्मिहरु उपस्थित भएका थिए । कार्यक्रम मन्डन्देउपुर र नगरपालिका र इको हिमालकोे साझेदारिमा सन्चालन भइरहेको छ ।

    Leave a Reply