
सुशील सुबेदी
इन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले व्यक्तिगत खर्चमा जनप्रतिनिधिको एक लाख रुपैयाको ँ कोरोना बिमा गरिदीनुभएको छ ।
जोखिम मोलेर काम गरिरहेका जनप्रतिनिधि र कर्मचारीको इन्द्रावती गाउँपालिकाले बिमा कम्पनीसँग सम्झौता गरेको हो । इन्द्रावती गाउँपालिकाभित्र रहेका ५७ जना जनप्रतिनिधि र ७२ जना कर्मचारीको बिमा कम्पनीसगँ कोरोना बिमा सम्झौता गरेको हो ।
कोरोना संक्रमण नियन्त्रण र रोकथाममा अग्रपंक्तिमा खटिएका जनप्रतिनिधि र कर्मचारीको मनोबल उच्च बनाइराख्न उनीहरुको बिमा गरेको अध्यक्ष तामाङले बताउनुभयो ।
गाउँपालिकामा रहेका ५७ जना जनप्रतिनिधिको गाउँपालिका अध्यक्ष वंशलाल तामाङले व्यक्तिगत खर्चमा र े कर्मचारीको बिमा गाउँपालिकामा रहेको कोरोना कोषबाट गरिएको हो । आइएमई जनरल इन्स्युरेन्समा कर्मचारी र जनप्रतिनिधि गरि एक सय २९ जनाको एक लाख बराबरको एक वर्ष अवधिको बिमा गरेको अध्यक्ष तामाङले जानकारी दिनुभयो । वडा नम्बर १० का जनप्रतिनिधिको भने वडाध्यक्ष जीवन थापामगरले बिमा गरिसकेका छन ।
संक्रमित व्यक्तिले अनिवार्य रुपमा पीसीआर परीक्षणमा पोजेटिभ देखिएको रिपोर्ट पेश गर्नुुपर्नेछ ।

