एन्फा अध्यक्षलाई निलम्बन गर्न सान्सद यादबको माग ।

  • २३ जेष्ठ २०७७, शुक्रबार २०:५० मा प्रकाशित
  • काठमाडौं , जेष्ठ २३ गते शुक्रबार ।

    समाजवादी पार्टीका नेता प्रदीप यादवले अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई निलम्बन गर्न माग गरेका छन् ।
    प्रतिनिधिसभामा बोल्दै यादवले शेर्पाले मधेशी समुदायलाई होच्याउने किसिमले अभिव्यक्ति दिएको भन्दै शेर्पालाई निलम्बन गर्न माग गरेका हुन् ।


    ‘एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले एउटा अनलाइनमा इन्टरभ्यु दिँदा भन्नु भएको थियो मधेशलाई राष्ट्रियता आउँदैन , सिकाउनुपर्छ । त्यो पनि कसको मार्फत ? सेनाको मार्फत । एन्फा अध्यक्षले सेनालाई पनि मुछ्नु भएको छ । के मधेशीलाई राष्ट्रियता उहाँले सिकाउने हो । मधेशीलाई राष्ट्रियता आउँदैन?’ यादवले प्रश्न गरे ।
    नेता यादवले एन्फाले खेलकुदमन्त्रीको क्षेत्रमा १७ करोड रुपैयाँ बजेट पठाएकाले मन्त्रीले संरक्षण गरेको आरोप लगाए ।
    ‘एन्फालाई हामी इज्जतले हेर्छौं, फुटबललाई सबै नेपालीले प्यार गर्छन्, अनि यसरी मधेशीलाई हेप्ने? मधेसलाई होच्याउने, मधेशीका बारेमा गलत अभिव्यक्ति दिने? पक्कै उहाँले मन्त्रीको तागतमा बोल्नु भएको होला’ यादवले भने ।
    उनले एन्फा अध्यक्ष शेर्पालाई तुरुन्त कारवाही गर्न पनि माग गरे ।


    ‘म खेलकुद मन्त्रीसँग आग्रह गर्न चाहन्छु कि त्यस्ता गलत अभिव्यक्ति दिने कर्मा छिरिङ शेर्पालाई अबिलम्बन निलम्बन गर्नुपर्छ र कानुनी दायरामा ल्याउनुपर्छ । किनभने उहाँले मधेशीलाई अपमान गर्नु भएको छ’ उनले भने ।
    यादवले मधेशी समुदायले १७ सय किमी सीमाको रक्षा गरेको भन्दै आफूहरु बिना बर्दिको सिपाही भएको बताए ।
    केही दिनअघि एक अनलाइनलाई अन्तर्वार्ता दिने क्रममा एन्फा अध्यक्ष शेर्पाले मधेशी बालबालिकामा राष्ट्रिय भावना कम हुने भएकाले तालिम दिनुपर्ने आशयको अभिव्यक्ति दिएका थिए ।


    उनको अन्तर्वार्ताको विषयलाई लिएर राजपा नेपालका सांसद विमल श्रीवास्‍तवले पनि संसदमा विरोध जनाइसकेका छन् ।
    एन्फा अध्यक्ष थापाले भने आफूले मधेशी समुदायलाई होच्याउन नखोजेको भन्दै अन्तर्वार्तामा व्यक्त धारणाप्रति माफी मागिसकेका छन् ।
    सांसद यादवले वीरगञ्जको नारायणी रंगशालाका लागि चालु आर्थिक वर्षमा ५० लाख मात्र बजेट विनियोनजन भएकामा आपत्ति जनाए ।


    ‘युवा तथा खेलकुद मन्त्रालयले नारायणी रंगशालालाई ५० लाख रुपैयाँ छुट्याएको छ । गज्जबको कुरा लाग्छ मलाई ५० लाख सुन्दा ठूलो रकम लाग्छ’, उनले भने, ‘तर त्यो रंगशाला दशरथ रंगशाला जस्तो ठूलो रंगशाला हो । त्यहाँ स्थानीय जनताको लेबीबाट त्यो ठूलो रंगशाला बनेको हो । तर त्यो रंगशाला कोमामा गइसकेको छ र यो अवस्थामा ५० लाखमा केही हुन सक्दैन ।’ (सबैको समाचार)

    Leave a Reply