
वसन्त अनुभव
घोराही, १८ जेठ / दाङ जिल्लाको तुलसीपुर स्थित राप्ती आयुर्वेद चिकित्सालयद्वारा आईतवार क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुलाई जडिबुटीजन्य औषधि वितरण गरिएको छ ।
चिकित्सालयको आयाेजनमा घाेराहि उप-महानगरपालिका वडा नं.१४ अन्तरगतका बालबिकास मा.वि. र सुभप्रभात मा.वि.को क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुलाई तनाव व्यवस्थापनका लागि याेग क्रिया ,सङ्गित चिकित्सा, राेग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने आयुर्वेदिक औषधिहरु बितरण गरिएको हो ।
उक्त अवसरमा क्वारेन्टाइनमा रहेका ब्यक्तिहरुलाई रोगप्रतिरोधात्मक जडिबुटीजन्य औषधि गुड्चि(गुर्जाे), अमलकी, अस्वागन्धा बितरण गरिएको चिकित्सालयका कार्यलय प्रमुख डा मदन कुमार वि.सी. ले बताउनु भयो । साथै सोही अवसरमा कोरोना सम्बन्धि पम्पलेट पनि वितरण गरिएको थियो ।
कार्यक्रम चिकित्सालयका कार्यलय प्रमुख डा मदन कुमार वि.सी.ज्युकाे अध्यक्षता एवं घोराही उपमहानगरपालिका वडा नं.१४ का वडाध्यक्ष शक्तिराम डागीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।


