नेपाल सरकार द्वारा तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय

  • १६ जेष्ठ २०७७, शुक्रबार २०:४४ मा प्रकाशित
  • संवाददाता

    काठमाण्डौँ | सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेकोमा गैरआवासीय नेपाली संघले सरकारको यो निर्णयको स्वागत गर्दै सहजिकरणका लागि आफु तत्पर रहेको जानकारी गराएको छ ।

    गैरआवासीय नेपाली संघको प्रयास तथा नेपाल सरकारसंग संघले विभिन्न चरणमा गरेका वार्ता र छलफल पश्च्यात सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुलाई स्वेदश ल्याउने निर्णयमा पुगेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले जनाए ।

    यसरी भारत बाहेक तेस्रो मुलुक बाट उद्धार गर्नु पर्नेमा एनआरएनए मध्यपूर्वको अनुसार मध्यपूर्वी देशहरूमा मात्रै पनि साउदी अरबमा कूल नेपालीको २५-३० प्रतिशत, बह्राईनमा ५००, कतारमा करिब २० हजार, यूएईमा २ हजार, कुवेतमा ३ हजार ५ सय र ओमनमा ४-५ सय जना उद्धारको पर्खाईमा रहेका छन्।

    उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय समितिले प्राथमिकता तोकेर विदेशमा रहेका नागरिकलाई स्वदेश फर्काउने निर्णय गरेको हो । समितिको शुक्रवार बसेको बैठकले दश दिनपछि दैनिक ३ हजारदेखि ३ हजार ५ सय सम्म नेपालीहरूलाई स्वदेश ल्याउन सकिने निष्कर्ष निकालेको थियो ।

    उच्चस्तरिय समितिको निर्णय बमोजिम मन्त्री परिषदले अनुमोदन गरे पछि उद्धारको कार्य सुरु हुने भएको छ ।

    यसै बीच संघका अध्यक्ष कुमार पन्तले राष्ट्रिय समितिहरुलाई एक पत्र जारी गर्दै केहि दिन धैर्य गर्न आग्रह गरेका छन् ।

    उनले विदेशमा रहेका नेपालीहरु माझ कोरोना रोकथाम तथा राहत वितरण कार्यमा सहकार्य र सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संघसंस्था तथा राष्ट्रहरुलाई धन्यवाद व्यक्त गरेका छन् ।

    परराष्ट्र मन्त्रालयले तयार पारेको सूची अनुसार प्राथमिकताका आधारमा उनीहरुलाई स्वदेश फर्काउने कार्ययोजना छ र तेस्रो मुलुकबाट नागरिक ल्याउने काम एक सातापछि शुरु हुने अनुमान गरिएको छ ।

    नेपालमा भएका सबै सरकारी र निजी कम्पनीका जहाज उडाउने सरकारको तयारी रहेको छ । नेपाल फर्किन चाहनेहरूले जहाजको भाडा भने आफैं तिर्नुपर्नेछ ।

    नेपाल सरकारले प्राथमिकताका आधारमा समस्यामा परेका नागरिकलाई स्वदेश लगिने: भिडियो सहित

    Posted by Shukra Moktan on Friday, 29 May 2020

    Leave a Reply