🖊️रमाकान्त शर्मा
भगवान गाैतम बुद्ध काे पवित्र जन्मस्थल लुम्बिनी सारा संसारलाई थाहा भएकाे नेपालकाे एउटा अभिन्न अंग हाे। ” लुम्बिनी ” लुम्बिनीवासी काे मात्र नभएर सम्पूर्ण नेपाली काे गाैरव हाे । लुम्बिनीले नेपाललाई अन्तर्राष्ट्रिय जगतमा एउटा छुट्टै पहिचान गराएको छ । याे विश्वमा यस्ता धेरै मान्छेहरु छन् जुन नेपाललाई मात्र लुम्बिनीले गर्दा चिनेका छन तर बडाे दु:खकाे साथ लेख्नु परी रहेकाे छ कि अाज हाम्राे जनप्रतिनिधिहरु यसकाे महत्त्व बुझेकाे छैनन् । लुम्बिनी विश्वमै प्रसिद्ध भए पनि शिक्षाकाे क्षेत्रमा धेरै पछाडि रहेकाे देखिन्छ । यहां शिक्षाकाे अवस्था निकै नै दयनीय रहेकाे छ । हामीलाई लुम्बिनीवासी हुनुमा गर्व लाग्छ तर प्रत्येक बर्ष यहाँबाट हजाराैं विद्यार्थी युवाहरु प्रबिधिक शिक्षा, अाई.एस.सी.,बी.एस.सी , अादि पढ्नाकाे लागि बाध्य भएर भैरहवा वुटवल वा अन्य सहरमा कलेज काे शुल्क भन्दा धैरे काेठा भाडा तिरेर अध्ययन गर्न बाध्य भएकाे देखेर मन लज्जित हुन पुग्छ। जुन गाैतम बुद्धले ज्ञानकाे ज्याेति सारा संसारमा जलाए अाज उनकै जन्मभूमि लुम्बिनीबाट प्रत्येक बर्ष हजाराैं विद्यार्थी युवाहरु शिक्षण संस्था तथा गुणस्तरीय शिक्षाकाे अभावले गर्दा बहिरा अध्ययन गर्न जानू चिन्ता काे बिषय हाे । धनीवर्ग का विद्यार्थीहरु सहरमा चर्काे पैसा खर्च गरेर अध्ययन गर्दै छन् भने गरिबवर्गका विद्यार्थीहरु पैसाकाे अभावमा शिक्षाबाट बञ्चित भएर खाडी मुलुकमा गएर श्रम गर्न बाध्य भएका छन्। लुम्बिनीमा यस्ता क्याैं विद्यालहरु छन जुन वि.स.२०२० साल तिर स्थापन गरिएकाे हुन तर अाज वि.सं. २०७७ साल लाग्दा पनि उनीहरुकाे अवस्थामा खासै परिवर्तन देखिदैन । धेरै विद्यालयहरु छन् जुन भाैतिक रुपले सम्पन्न भए पनि व्यवस्थापन काे अभावमा गुणस्तरीय शिक्षा प्रदान गर्नबाट टाढा छन् ।
लुम्बिनी सत्ता फेरियो नेता फेरिए तर अवस्था फेरिएको छैन् । शिक्षाकाे अवस्था जुन ५० बर्ष पहिला थियाे अधिकांश त्यही अवस्था अहिले पनि कायमै छ। चुनावकाे बेलामा धेरै नेताहरुले शिक्षा काे बारेमा भाषण बाजी गरेकाे सुनियो । हिजाे विद्यार्थीकाे हक हितका कुरा गर्ने नेताहरु अाज नचिनेको जस्तै गर्छन । यहाँ अधिकांश युवाहरुले भने काे सुन्छु , ” कसरी पढ्नु न त पैसा छ न त पढ्ने वातावरण” शिक्षा जस्ताे पवित्र स्थल राजनीतिकाे अखाडा बन्दै गइरहेको छ । विद्यार्थीहरु कयाम्पसमा राजनीति काे फाेहारी खेलबाट प्रताडित छन। राजनीतिक उद्देश प्राप्तिकाे लागि विद्यार्थी हकहितकाे नारालाई माध्यम मात्र बनाइएको देखिन्छ ।विद्यार्थी कल्याण तथा गुणस्तरीय शिक्षाकाे विकास सम्बन्धमा जे जस्ता नारा अघि सारिए पनि व्यवहारमा केही लागु हुने सकेको छैन । नेताहरूले अाफ्ना छाेराछाेरीलाई सहरकाे सुविधा सम्पन्न विद्यालय तथा कयाम्पसमा भर्ना गराउंछन तर गरिबवर्ग का विद्यार्थीहरुले पढ्ने विद्यालय तथा कयाम्पसलाई सत्तामा पुग्न वा कुर्सी जाेगाउन सजिलाे हाेस भन्ने चाहनाले मात्र प्रयाेग गरेकाेे देखिन्छ । लुम्बिनी यसरी नै शिक्षाकाे क्षेत्रमा अघि बढ्ने हाेे भने भबिष्यमा पनि यही दुर्गती वेहाेर्नुपर्ने अवस्था रहने सम्भावना छ। हाम्रा जनप्रतिनिधिहरु शिक्षा क्षेत्रमा निति नियम बनाउन निकै कमजाेर सबित हुँदै गइरहेको छन। नेताहरु ले गुणस्तरीय शिक्षाकालगि अाेठे भाषण मात्र गरेकाे सुनियाे। विद्यार्थीले पढ्ने हरेक सरकारी विद्यालयमा राजनीति घुसिरहेकाेे छ । लुम्बिनी बनाउने हुंकार गर्नेहरु अाफ्ना-अाफ्ना छाेराछाेरीहरु लाई सुविधा सम्पन्न निजी शिक्षालयमा पढाइ रहेकाे छन अनि सरकारी क्याम्पसलाई राजनीतिकाे अखाडा बनाई रहेकाे छन।सरकारी विद्यालय तथा क्याम्पसहरु राजनीतिक दललाई सत्तामा पुर्याइ दिने माध्यम र झण्डा बाेक्ने दास बनाइएका छन।
यस्तो अवस्था काे अन्त्य हुनुपर्छ । शिक्षा नै धन हाे यसले देशभक्त, चेतनशील, उत्पादनशील र दक्ष जनशक्ति उत्पादन गर्न महत्त्वपूर्ण भूमिका खेल्छ। शिक्षा क्षेत्रमा मजबुत नीति नियम बनाउनु पर्छ। गरिबका छाेराछाेरीलाई भेडा बनाउने काम अबदेखि हटाउन सकेमा मात्र लुम्बिनीले सही निकास पाउथ्याे हाेला। शिक्षामा सबैकाे लागि पहुच,गुणस्तर र समानता कायम राखेर मात्र लुम्बिनीलाई स्मार्ट सिटी बनाउने सपना साकार हुन सक्छ। त्यसैमा नेताहरु तथा सम्पूर्ण लुम्बिनीबासी काे जय हुनेछ ।

