विदेशबाट फर्काइने नेपालीलाई क्वारेन्टाइनमा खाद्यन्नको जिम्मा खाद्य व्यवस्था कम्पनीलाई

  • ७ जेष्ठ २०७७, बुधबार ०७:१२ मा प्रकाशित
  • ६ वैशाख, काठमाडौं । विदेशबाट फर्काएर क्वारेन्टाइनमा राखिने नेपालीका लागि  आवश्यक खाद्यन्नको प्रबन्ध खाद्य व्यवस्था तथा व्यापार कम्पनी मातहत गरिने भएको छ ।

    क्वारेन्टाइनमा राख्नु पर्ने हजारौं नेपालीका लागि आवश्यक पर्ने सबै खाले खाद्यन्नको उचित प्रवन्ध गर्न तयारी थालिएको कम्पनी उच्च स्रोतले अनलाइनखबरलाई बतायो ।

    ‘कोभिड-१९ रोकथाम उच्चस्तरीय समिति तथा मन्त्रिपरिषद् बैठकमा भएको सहमति बमोजिम उनीहरुको खाद्यन्नको प्रबन्धको जिम्मा  सरकारले लिने र सोही बमोजित तयारी थालिएको छ,’ ती अधिकारीले भने ।

    क्वरेन्टाइनको भान्साका लागि चाहिने तरकारी, चिनी, नून, दाल चामल तेलसहितका सबै वस्तु उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको कम्पनीमार्फत गरिने मन्त्रालयले पनि पुष्टि गरेको छ । यस विषयमा तथ्यांक संकलन र वितरण प्रणालीबारे छलफल चलिरहेको मन्त्रालयका एक उपसचिवले बताए ।

    क्वरेन्टाइन कसरी बनाइने र त्यहाँ खाद्यन्नको आपूर्ति कम्पनीको शाखा केन्द्रमार्फत कसरी पुर्‍याइने भन्ने मोडालिटीमा छलफल चलिरहेको उनले बताए ।कम्पनीको देशभर ६९ वटा जिल्लाका १ सय ५६ जना खाद्य भण्डारण डिपो कार्यालयहरु छन् ।

    अनलाइन खबर बाट

    Leave a Reply