कोरोनाबाट ज्यान गुमाएकी सुत्केरी महिलाको शिशु र परिवारमा कोरोना नेगेटिभ

  • ५ जेष्ठ २०७७, सोमबार १८:२० मा प्रकाशित
  • गत हप्ता कोरोना संक्रमणका कारण पहिलो मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाको नवजात शिशुमा कोरोना नेगेटिभ आएको छ । मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो ।  कोरोना चेक गर्ने क्रममा उनको श्रीमान र अन्य परिवारमा समेत कोरोना नेगेटिभ आएको छ।

    उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएसंगै सिन्धुपाल्चोकको प्रशासनको समन्वयमा उनीहरुलाई घरमा लगिने भएको छ । घरमा लगेर १४ दिन क्वारेन्टाइनमा राखिने र त्यसपछि फेरि पीसीआर गरिने भएको छ । सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको कोरोनाका कारण बिहीबार मृत्यु भएको थियो ।

    नतिजा नेगेटिभ आएपछि १४ दिन क्वारेन्टाइनमा राख्ने गरी सिन्धुपाल्चोकको प्रशासन र स्वास्थ्य कार्यलयको समन्वयमा पठाउन लागिएको जिल्ला कमाण्ड पोस्टका सदस्यसमेत रहेका वरिष्ठ स्वास्थ्य प्रशासक डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

    Leave a Reply