महावाणिज्य दुताबास जेद्दाको अनुरोध

  • ५ जेष्ठ २०७७, सोमबार ००:०९ मा प्रकाशित
  • शुक्र मोक्तान

    साउदी अरब | कोरोनाको संक्रमण  दिन प्रतिदिन  बढ्दै जाँदा साउदी अधिराज्य भरी आफ्नो प्रशासनिक काममा कडाई गर्दै लगेको छ । जस अनुसार केही क्षेत्रमा आंशिक तथा पूर्ण कर्फ्यु अझै पनि जारी नै छ ।ईद अल फितरको छुट्टीलाई लक्ष्यित गरी अधिराज्य व्यापी २४ घण्टे कर्फ्यु तथा पूर्ण लकडाउन गरिने जानकारी यहाँको आधिकारिक निकाय बाट सार्वजनिक गरे पश्चात उक्त समयमा आफ्ना नागरिक सुरक्षित होउन भनेर नेपाली महाबाणिज्य दुताबास जेद्धाले एक अनुरोध सार्बजनिक गरेको छ ।


    साउदी अरबको जेद्धा स्थित रहेको नेपाली महावाणिज्य दुताबासले नेपाली श्रमिकहरू तथा साउदी अरबमा बसोबास गर्दै आएका नेपाली समुदायलाई आफ्नो आधिकारीक सामाजिक संजाल मार्फत निम्नलिखित  अनुरोध गरिएको छ:

    “साउदी अरेबियाको गृह मन्त्रालयले ईदको समयमा हुने जमघटलाई कम गरी कोरोना संक्रमण नियन्त्रण गर्ने उद्देश्यले मे २३ देखि २७ सम्म अधिराज्य भर २४ घण्टा कर्फ्यू लागू गर्ने निर्णय गरेको छ । कर्फ्यू उल्लङ्घन गर्नेलाई ठूलो जरिवाना समेत तोकिएको छ । साउदीमा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरुलाई सो समयमा आफूलाई चाहिने आवश्यक वस्तु तथा खाद्यान्न पहिले नै खरीद गरी कर्फ्यू समयको पूर्ण पालना गर्नुहुन कन्सुलेट जनरल अनुरोध गर्दछ।
    साथै, ईद पर्वको समयमा गत वर्षहरुमा जस्तो जमघट वा भेटघाट नगर्नुहुन अनुरोध छ। कोरोना संक्रमण श्रमिक बसोवास गर्ने आवास क्षेत्रमा बढी फैलिएको पाइएकोले एक कम्पनीको आवासबाट अर्को कम्पनीको आवासमा आवत-जावत गर्न साउदी सरकारले निरुत्साहन गरेको अवस्था छ । तसर्थ, यहाँ रहनुहुने सबै नेपाली नागरिकलाई पर्व मनाउने सिलसिलामा एउटा कम्पनीको आवासबाट अर्को कम्पनीको आवासमा नजानुहुन समेत अनुरोध गरिन्छ।


    कोरोनाबाट संक्रमित वा लक्षण देखिएका बिरामीहरुले आईसोलेसन/क्वारेन्टाइनको नियम पालना नगरेको अवस्थामा आफू लगायत अन्य व्यक्तिलाई पनि संक्रमणको जोखिम रहने भएकोले नियम पालना नगर्नेहरुलाई साउदी सरकारले सजाँय/जरिवाना तोकेको हुंदा सबैले उक्त नियमको पालना गर्नुहुन अनुरोध छ ।


    साउदी अरेबियामा विगत केही दिन यता संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको छ । संक्रमण मुक्त हुनेको संख्या पनि वृद्धि भएको छ। यस कन्सुलेट जनरलको कार्यक्षेत्रमा हालसम्म तीन जना नेपाली नागरिकको निधन भएको दु:खद खबरले हामी मर्माहत भएका छौं । यस बीचमा ३३ जना नेपालीहरु स्वास्थ्यलाभ गरी अस्पतालबाट आफनो आवासमा फर्किसक्नु भएको खबर पनि प्राप्त भएको छ। विश्वव्यापी रुपमा फैलिएको यो महामारीमा संयमता अपनाई साउदी अरेबियामा क्रियाशील रहनुभएका विभिन्न संघ-संस्थाहरूमा समन्वय तथा सूचना प्रवाह गर्न महावाणिज्यदूतावास हार्दिक अनुरोध गर्दछ।

    2 thoughts on “महावाणिज्य दुताबास जेद्दाको अनुरोध

    Leave a Reply