पहिलो पटक दाङमा तीन जना कोरोना पोजिटिभ

  • ३ जेष्ठ २०७७, शनिबार ०९:५७ मा प्रकाशित
  • वसन्त अनुभव

    दाङ, २ जेठ
    दाङमा शुक्रबार पहिलो पटक तीन जनामा कोरोना भाइरस पोजिटिभ भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमित हुनेमा दाङ जिल्ला गढवा गापा वडा नं. ४ र ५ का २३ र ३६ वर्षीय पुरुष र तुलसीपुर उमनपा वडा नं. ७ का ३४ बर्षिय पुरुष रहेका छन ।

    दाङ स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको पिसिआर परिक्षणबाट गढवाका ती युवाहरूमा कोरोना पोजिटिभ देखिएको थियो भने तुलसीपुरका भनिएका युवाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पिसिआर परिक्षणबाट कोरोना पोजिटिभ देखिएको हो ।

    संक्रमित भएको पुष्टि भएका ब्यक्तिहरु मध्ये गढवाका ती ब्यक्तिहरु केही दिन पहिले मात्र भारतको गोरखपुर र मुम्बईबाट आएका हुन भने तुलसीपुर ७ का भनिएका ती युवाको स्थायी ठेगाना तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ भए पनि उनको बसोबास हाल काठमाडौं रहेको बुझिएको छ । साथै निज शिक्षण अस्पतालमा कार्यरत कर्मचारी भएको बुझिएको छ । साथै निजलाई अस्पतालबाटै कोरोना सरेको हुनसक्ने आशंका गरिएको छ।

    हालसम्म प्राप्त विवरण अनुसार मुलुकभर कोरोना पोजिटिभको संख्या २६७ जना पुगेकाे छ। जसमध्ये ३६ जनाको उपचार पछि निको भएर घर फर्किसकेका छ्न । कोरोनाको कारण हालसम्म कसैको मृत्यु भएको पुष्टि भने भएको छैन ।

    Leave a Reply