२२ बर्षिय सरिता घाँस काट्न जाँदा लडेर मृत्यु

  • २ जेष्ठ २०७७, शुक्रबार ०८:५४ मा प्रकाशित
  • सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा घाँस काट्न जाँदा लडेर एक २२ बर्षे महिलाको मृत्यु भएको छ । 

    मृत्यु हुनेमा गोलन्जोर गाउँपालिका–२ का अन्दाजी २२ वर्षीया सरिता नेपाली रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । 

    प्रहरीका अनुसार घरबाट घाँस काट्न भनी हिँडेकी सरिता अन्दाजी एक किलोमिटर टाढाको झगरे छाँगाभिर पाखामा घाँस काट्ने क्रममा लडेर मृत्यु भएको हो । हाम्राकुरा न्युजमा छापिएको छ ।

    Leave a Reply