
२ जेठ २०७७! नेपालमा दिनानुदिन बढ्दै गइरहेको कोरोना संकमित आज बिहानै पनि थप नौ जनामा संक्रमण भएको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज बिहान संक्रमण देखिएकामा मकवानपुर निवासी ३७ वर्षीय पुरुष, बाँके नैनापुर १, ३ र ५ निवासी १८,२०,२२,२५,२५,२७,३२,३६ वर्षीय पुरुष रहेका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौं र भेरी अस्पताल, नेपालगन्जमा गरिएको नमुना परीक्षणमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।नयाँ संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।


