मुग्लिन-तामिन सडकमा जीप दुर्घटना, ९ जना घाइते (घाइतेहरुको नामावली सहित)

  • १ जेष्ठ २०७७, बिहीबार १२:४९ मा प्रकाशित
  • मुग्लिन, १ जेठ
    मुग्लिन-तामिन ग्रामीण कृषि सडकमा बोलेरो जीप दुर्घटना भएको छ। तामिन जाने तयारीमा रहेको बोलेरो जिप ब्याक हुदा आज बिहान करिब साढे १० बजेतिर इच्छाकामना गाउपालिका ५ मुग्लिन नजिकै पानीघट्टमा दुर्घटना भएको हो।


    दुर्घटनामा परि ९ जना घाइते भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ। प्रहरिका अनुसार घाइते हुनेमा देविमाया गुरुङ ६१ वर्ष चन्द्र कुमारी गुरुङ ४३ वर्ष ,शङ्ख कुमार गुरुङ ४३, वर्ष नानिमाया गुरुङ ३४ वर्ष, रुप्सेन गुरुङ १ वर्ष, हरिमाया गुरुङ १६ वर्ष र दिब्या गुरुङ १५ वर्ष रहेका छन भने बाकी २ जनाको पहिचान खुलेको छैन। घाइते सबैजना इच्छाकामना गाउपालिका ५ तामिन गाउँका हुन।


    घाइते मध्य ५ जनालाइ थप उपचारको लागि भरतपुर पठाइएको छ भने बाकी ४ जनाको मुग्लिन स्थित मुग्लिन हाइवे हस्पिटलमा उपचार भैरहेको छ।

    इच्छाकामना न्युज बाट

    Leave a Reply