कोरोना अपडेट – थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ५० पुग्यो

  • १ जेष्ठ २०७७, बिहीबार १०:०१ मा प्रकाशित
  • वसन्त अनुभव
    काठमाडौं- भर्खर प्राप्त जानकारी अनुसार नेपालमा थप ५ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाव परिक्षणमा पोजेटिभ देखिएको थियो । थप ५ जनामा पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सूचना अनुसार सर्लाहीका धन्कौल नपाका ४५ वर्षीय पुरुष १ जना, धनुषा जिल्लाको जनकपुर नपा र मिथिला नपाका ४० वर्षीय पुरुष र २० वर्षीय महिला गरेर २ जना र महोत्तरी जिल्लाको जलेश्वर नपा र बलवा नपाका १६ र ३५ वर्षीय पुरुष रहेका छन ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार ती व्यक्तिहरु स्वास्थ्यकर्मी को सम्पर्कमा रहेका छन ।

    Leave a Reply