
गोरखा । नेपालको बभिन्न जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण उच्च सतर्कता अपनाउदै गोरखामा ५ दिन पूर्णरुपमा बन्द गरिने भएको छ ।
बुधबार जिल्ला प्रशासन कार्यालय गोरखामा भएको सर्वपक्षिय बैठकले जिल्लालाई पाँच दिन सिल गर्ने निर्णय गर्दै जिल्लाभरि चाहिने सम्पूर्ण दैनिक उपभोग्य सामग्रीको ढुवानी गर्न नदिने निर्णय गरेको छ । त्यसैगरी वित्तीय संस्था, विमा एवं सहकारीहरुको सेवा प्रवाह खुल्ला गर्दा अत्याधिक भिड भएकाे र त्यसले जाेखिम हुन सक्ने भन्दै सेवा बन्द गर्न लागिएकाे प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पाैडेलले बताए ।
तत्काल उपचार आवश्यक परेको भनि स्वीकृत चिकित्सकबाट रिफर भएको विरामी बोकेको एम्वुलेन्स, दुर्घटनामा परि तत्काल उपचार आवश्यक परेको घाइते बोकेको सवारी साधन, लास एवं मलामी, कृयापुत्रि सवार सवारी साधन, सुरक्षाकर्मी सुरक्षा अधिकारी जिल्लामा कार्यरत स्वास्थ्यकर्मी, प्रेस पास भएको संचारकर्मी तथा जनप्रतिनिधिका सवारी साधनलाई बाहेक अन्यलाई जिल्ला भित्र वाहिर गर्न रोक लगाउने समेत बैठकले निर्णय गरेको छ ।
बैठकले जिल्लाभरिका सम्पूर्ण पसलहरु पनि बन्द गरिने निर्णय गरिएको छ ।

