
काठमाडौं – केही महिना पहिले चर्चामा आएको एमसीसीका सम्बन्धमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी देशको हितमा भएकोले जसरी पनि पास हुनुपर्ने बताएका छन्। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सर्वदलीय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले उक्त सुझाव दिएका हुन्।
सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै देउवाले भने, ‘बैठकमा एमसीसीको बारेमा छलफल भयो एमसीसी देशको हितमा भएकोले पास गर्नुपर्छ । पूर्ववर्ती सरकारले गरेको निर्णय मानिदैन भने कसैको निर्णय मानिदैन।
त्यसैगरी देउवाले सीमा समस्या समाधान गर्न सरकारले पहल गर्न सुझाव दिएको बताए। भने, ‘सुगौली सन्धिमै प्रष्ट छ। कालापानी हाम्रै हो। हाम्रो पार्टीले भन्दै आएको कुरा यहो हो। लिपुलेक त्रिदेशीय नाका हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो अवस्थाबारे छलफल गर्न आज पूर्वप्रधानमन्त्रीहरु र प्रमुख राजनीतिक दलका नेताहरुसँग परामर्शका लागि सर्वदलीय बैठक डाकेका थिए। पाथिभरा न्युजमा छापिएको छ।

