
बिश्वमा फैलिरहेको नोभेल कोरोना भाइरसका नेपालमा अरु २४ जना संक्रमित थपिएका छन् ।
आज बुधबार गरिएको परीक्षणका क्रममा विभिन्न देशभरिका जिल्लामा गरी २४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन् । यसअघि बुधबार नै दुई जनामा कोरोना देखिएको थियो ।
देशभर कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । हालसम्म ३५ जना कोरोना संक्रमितको उपचार भएर घर फर्किसकेका छन् ।

