
वसन्त अनुभव
मुगु, २१ बैशाख
मुगु जिल्लाको छाँयानाथ रारा नगरपालिकाका नागरिकहरुले खाद्यान्न राहत सामग्री पाउने भएका छन । छाँयानाथ रारा नगरपालिकाले आफ्नो नगर क्षेत्रका सम्पुर्ण घरधुरीहरुलाई खाद्यान्न राहत सामग्री वितरण गर्न लागेको हो ।
नगरले यहि बैशाख २४ गतेका दिन आफ्ना सम्पुर्ण नगरवासी नागरिकहरुलाई प्रती घरधुरी खाद्यान्न राहत सामग्री बापत चामल ३० केजि, तेल १ पोका, नुन २ केजि, खुर्सानी १ पाकेट, जीरा १ पाकेट, बेसार १ पाकेट वितरण गर्न लागेको छाँयानाथ रारा नगरपालिकाका मेयर हरिजंग शाहीले जानकारी दिनुभयो । उक्त राहत ग्रहण गर्नका लागि सम्पुर्ण नगरवासीहरुमा अनुरोध समेत गरिएको मेयर शाहीले बताउनु भयो ।
गमगढी बजारका अस्थायी बसोवासी नागरिकलाई मास्क, साबुन तथा स्यानिटाइजर
छाँयानाथ रारा नगरपालिकाले भाेली मिति २०७७ साल बैशाख २२ गतेका दिन बिहान ८.०० बजे छायांनाथ रारा नगरपालिका अन्तर्गत वार्ड नम्बर १ र २ गमगढी बजारमा अस्थायी बसाेबास गर्ने नागरिकहरुका लागि मास्क, डिटाेल साबुन र हेन्ड सेनिटाईजर वितरण गर्न लागेको छ ।
उक्त सामग्री कालिकामालिका मन्दिरमा वितरण गर्ने कार्यक्रम भएको मेयर हरिजंग शाहीले बताउनु भयो । साथै मेयर शाहीले गमगढी बजारमा अस्थायी बसाेबास गर्ने सम्पुर्ण नागरिकलाई उक्त सामग्री, बस्तु लिनका लागि सम्पर्क राख्न अनुरोध समेत गर्नुभयो । उक्त बस्तु लिन आउदा अनिवार्य रुपमा व्यक्ति ब्यक्ती विचको सामाजिक दुरि कायम राख्नु पर्ने बताउनु भयो ।

