कोरोना अपडेट – नेपालगन्जमा थप २ जना पोजिटिभ, नेपालमा ७७ जना कोरोना संक्रमित

  • २१ बैशाख २०७७, आईतवार २२:०५ मा प्रकाशित
  • वसन्त अनुभव
    नेपालगन्ज, २१ बैशाख
    शंकास्पद ९० जना ब्यक्तिहरुको स्वाव नमुना जाच्ने क्रममा थप २ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको छ । यो सँगै नेपालगन्जमा कोरोना संक्रमितको संख्या १८ जना पुगेको छ भने नेपालभरमा ७७ जना पुगेको छ । यो समाचारलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आधिकारिक रुपमा पुष्टि गर्न भने बाकी नै छ ।

    नेपालगन्जको भेरी प्रादेशिक अस्पतालमा गरिएको पिसिआर परिक्षणबाट ती व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको हो । यस अघि आजै मात्र १५ जनामा कोरोना संक्रमण पोजिटिभ देखिएको थियो। शुक्रबार नेपालगन्जमा एकव्यक्तिलाई मात्र कोरोना पोजिटिभ देखिएको थियो । ३ दिन भित्र वा आइतबार सम्ममा त्यो संख्या १८ पुग्न गएको छ । संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको मन्त्रालयले जनाएको छ ।

    Leave a Reply