
–वसन्त अनुभव–
घोराही ल, दाङ, १७ बैशाख
प्रतिनिधि सभाका पुर्व सभामुख एवं दाङ क्षेत्र नं. २ का प्रतिनिधि सभाका सांसद माननीय कृष्ण बहादुर महराले अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य रहेको बताउनु भएको छ । उहाँले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा ब्यक्त गर्नु भएको हो ।
उहाँले महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले सारा विश्व लगायत नेपाल पनि आक्रान्त बनेको उल्लेख गर्दै देशमा अहिले जारी लकडाउनको अवस्थामा रहेकाले मुलुकको अर्थतन्त्र निकै धराशायी अवस्थामा पुगेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
साथै पुर्व सभामुख महराले अहिलेको विषम परिस्थितिमा राष्ट्रिय एकता अपरिहार्य रहेको र हालको अवस्थामा सबै दल तथा जनसुदाय मिलेर कोरोना भाइरस विरुद्ध संघर्ष गर्ने बेला भएकोले यस्तो जटिल अवस्थामा दलहरुबीच एकता र सहकार्य हुनपर्नेमा विवाद देखिनुलाई राम्रो मान्न नसकिने र यसले आम जनतामा निरासा ल्याउने विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
साथै उहाँले दलहरुबीच आन्तरिक एकता कायम गरेर संवाद, सहमति र सहकार्यबाट अगाडी बढ्न सबैलाई हार्दिक अपील गर्नु भएको छ ।
पुर्व सभामुख कृष्ण बहादुर महराद्वारा जारी प्रेस विज्ञप्ति


