ट्याक्टर दुर्घटनामा परि लमहीमा एक ब्यक्तिको मृत्यु

  • १५ बैशाख २०७७, सोमबार १३:०१ मा प्रकाशित
  • लमही, दाङ, १५ बैशाख
    दाङ जिल्लाको लमहीमा ट्याक्टर दुर्घटना हुदा एकजना व्यक्तिको मृत्यु हुन पुगेको छ । दुर्घटना परि मृत्यु हुनेमा लमही न.पा. वडा नं. ५ कोलही निवासी वर्ष १८ को बिनेश चौधरी रहेका छन । निजको दुर्घटना पश्चात उपचारको क्रममा मृत्यु भएको बुझिएको छ ।

    रा १ त ३४७० नं. को ट्याक्टर माटो लोड गर्न जाने क्रममा कोइलाबास सडकखण्डको लमही ५ कोलहीमा अनियंत्रित भइ दुर्घटना हुन पुगेको वडा प्रहरी कार्यालय, लमहीका प्रमुख प्रज्वल थपलियाले जानकारी दिनुभयो ।

    उक्त ट्याक्टरमा ३ जना ब्यक्ति सवाररत रहेको बुझिएको छ । अन्य सबै जना भने सकुशल रहेको प्रहरीले जनाएको छ । ट्याक्टर र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    Leave a Reply