
बर्दिबास, बैशाख १३
महोत्तरीको बर्दिबासमा बस दुर्घटना हुदा सह–चालकको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। । निधन हुनेमा बाबुराम विश्वकर्मा रहेका छन् । काठमाडौंबाट उदयपुर जाँदैं गरेको बस शनिबार बिहान दुर्घटनामा हुदा सह–चालक बाबुराम विश्वकर्माको घटनास्थमा नै ज्यान गएको हो ।
इलाका प्रहरी कार्यालय बर्दिबासका इन्स्पेक्टर सोनुकुमार साहका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दोलखाकै तामाकोसी(२ का २२ वर्षीय प्रदीप विश्वकर्माको बर्दिबासस्थित शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको छ ।
उक्त बस लकडाउनको समयमा अलपत्र परेका मानिसहरुलाई काठमाडौंबाट उदयपुर आउदै गरेको थियो यसअघि बैशाख १० गते पनि काठमाडौँबाट अलपत्र परेका यात्रु लिएर दोलखा जाँदै गरेको बा २ ख ६८१८ नम्बरको बस रामेछापको मन्थलीमा दुर्घटनामा परेको थियो ।
अलपत्र यात्रु बोकर उदयपुर जाँदै गरेको बा ३ ख ४०३६ नम्बर बस बर्दिबास–३ पाटो भन्ने स्थानमा दुर्घटना हुँदा बसका सह–चालकको च्याप्पिएर ज्यान गएको हो ।
ताजाखबर

