
काठमाडौ, १२ बैशाख २०७७
नेपालमा कोरोना भाइरस ( कोभिड १९ ) को संक्रमितको संख्या ४९ जना हुन पुगेको छ । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको संक्रमितको घाटिको थ्रोट स्वाव परिक्षणमा झापाका एक ६२ वर्षीय पुरुष कोरोना पोजिटिभ देखिएसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४९ हुन पुगेको हो ।
शुक्रवार बेलुका सम्मको प्राप्त विवरण अनुसार नेपालमा कोरोना संक्रमितको सख्या ४९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा समीर कुमार अधिकारीले बताउनु भयो ।
मन्त्रालयका सहप्रवक्ता अधिकारीका अनुसार ती संक्रमित व्यक्ती झापाको दमक नगरपालिका निवासी हुन। कोरोना संक्रमित भइ निको हुने र डिस्चार्ज भइ घर जाने व्यक्तिहरुको संख्या १० पुगेको सहप्रवक्ता डा.अधिकारीले बताउनुभयो ।
ती नव संक्रमित व्यक्तिलाई हाल आइसोलेशनमा राखेर उपचार थालिएको छ भने उनको स्वास्थ्य अवस्था हाल सामान्य रहेको मन्त्रालयले जानकारी दिएको छ । प्राप्त विवरण अनुसार नेपालमा सबैभन्दा धेरै संक्रमित उदयपुरमा २८ जना रहेका छन । ती सबैको कोरोना अस्पताल विराटनगरमा उपचार चलिरहेको छ । वाकी अन्य विरामिको देशको विभिन्न स्थानमा उपचार भइरहेको छ

