बहुदरमाईमा अवैध भठ्ठि तथा २००० ली.मदिरा नष्ट !

  • ६ बैशाख २०७७, शनिबार १०:५० मा प्रकाशित
  • उमेश कुशवाहा चैत्र

    पर्साको बहुदरमाई नगरपालिका मा अवैध भठ्ठी तथा मदिर जिल्ला प्रहरी कार्यालय पर्साले नष्ट गरेको छ।

    पर्साको बहुदरमाई नगरपालिका वडा नं. ७ बस्ने प्रभु साह कलवारले लुकाई छिपाई आफ्नै घरमा घरेलु मदिरा उत्पादन गर्ने भठ्ठी संचालन गरेको भन्ने बिशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी टोलीले निज प्रभु साह कलवारले संचालन गरेको भठ्ठी तथा सो भठ्ठीमा तयारी कच्चा पदार्थ अं.२००० लिटर, मदिरा तयार पार्न राखिएको कालो सख्खड (मिठा) ४ बोरा सहित भाडाकुडा लगायतका सर-समानहरु स्थानीय भद्र भलादमीको रोहब्बरमा नष्ट गरिएको छ।

    जिल्ला प्रहरी कार्यालय पर्सा ले प्रेस बिज्ञप्ति जारी गरी सार्बजनिक गरेको हो।

    Leave a Reply