
उमेश कुशवाहा बीरगंज,चैत्र ५।
बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रकाे लागि भएकाे लकडाउनमा प्रभावित अति गरिब परिवारलाई राहत वितरण गर्ने क्रममा पर्साकाे छिपहरमाई गाउँपालिका वडा नं. ३ झलमहियामा आज राहत वितरण गर्ने क्रममा झडप भएकाे छ ।
दुई पक्ष बिच भएकाे झडपमा परी एक गाउँपालिका प्रहरी सहित दुई जना घाइते भएकाे प्रहरीले जनाएकाे छ ।
झडपमा परी गाउँपालिका प्रहरी बिनाेद साह कानु र स्थानिय चन्द्रिका साह कानु घाइते भएकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे ।
घाइते मध्ये चन्द्रिकाकाे टाउकाे फुटेकाे र गाउँपालिका प्रहरी बिनाेदकाे घाँटीमा गम्भिर चाेट लागेकाे प्रहरी निरिक्षक सिंहले जानकारी गराउनु भयाे ।
स्थानियहरुका अनुसार वडा नं. ३ झलमहियमा राहत वितरण गर्न सर्बदलिय समितिले २ सय २५ जनाकाे नामावली तयार गरेकाे थियाे । तर वितरण गर्ने क्रममा एक सय २५ जनाकाे नमावली मात्र लिएर गाउँपालिकाकाे टाेली राहत वितरण गर्न पुगे पछि कांग्रेस पक्षधरले बिराेध गर्दा तत्कालिन नेकपा माओवादीबाट निर्वाचित वडाध्यक्ष बिनाेद साह कानु पक्ष बिच विवाद हुदा झडप भएकाे हाे ।
सशस्त्र प्रहरी बेस क्याम्प बन्जारीका प्रहरी निरिक्षक हरि पराजुलीकाे उपस्थितीमा झडप भएकाे स्थानियहरुले वताए । झडप भए पछि सशस्त्र प्रहरीले लाठी चार्ज गर्दा र इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक सिंह नेतृत्वकाे प्रहरी टाेली पुगे पछि झडप नियन्त्रणमा आएकाे थियाे ।
पहिला पनि राहत वितरण गर्ने बेलामा छिपहरमाई गाउपालिका वड़ा न.४ मा स्थानियले गाउपालिका र वड़ा बिरुद्ध प्रदर्शन गरेको थियो।
आज भएको झडपको क्रममा ढुंगा हानाहान समेत भएको थियो।
राहत वितरण नमावलीबाट मनमरी तरिकाले अति गरिब परिवारकाे नमावली वडा कार्यालयले हटाएकाे भन्दै कांग्रेस प्रतिनिधिले बिराेध गर्दा कांग्रेस पक्षधर र नेकपा पक्षधर बिच झडप भएकाे वताइएकाे छ ।

