‘कोरोनाबाट एकै दिन अमेरिकामा सबैभन्दा धेरै संक्रमित, धेरैको मृत्यु’

  • २७ चैत्र २०७६, बिहीबार १०:२४ मा प्रकाशित
  • २७ चैत, काठमाडौँ / विश्वभर कोरोना भाइरसको संक्रमणबाट १५ लाख १७ हजार ९ सय ६० जना मानिस संक्रमित भएका छन् । जसमध्ये पछिल्लो २४ घण्टामा मत्रै ८४ हजार ३ सय ८४ जना नयाँ संक्रमित थपिएका छन् ।

    संक्रमित मध्य सबैभन्दा धेरै ४ लाख ३४ हजार ९ सय २७ जना अमेरिकामा मात्रै संक्रमित छन् । अमेरिकामा हिजो ३१ हजार ९ सय ३५ जना थपिएका हुन् ।

    यस्तै, विश्वभर कोरोनाको संक्रमणबाट हालसम्म ८८ हजार ४ सय ५५ जना संक्रमितको ज्यान गएको छ । जसमध्ये पछिल्लो २४ घण्टामा ६ हजार ४ सय १४ जनाले ज्यान गुमाएका छन् । बुधबार ज्यान गुमाउनेमध्ये अमेरिकामा सबैभन्दा धेरै रहेका छन् । बुधबार अमेरिकामा १ हजार ९ सय ४० जनाको ज्यान गएको छ ।

    यसैगरी, २४ घण्टामा सबैभन्दा धेरै ज्यान गुमाउनेमध्ये स्पेन ७४७, इटली ५४२, फ्रान्स ५४१, जर्मनी ३३३, यूके ९३८, बेल्जियम २०५, नेदरल्याण्डमा १४७ रहेका छन् ।

    हालसम्म विश्वका २०९ देश र दुईवटा अन्तरराष्ट्रिय पानी जहाजमा कोरोनाको संक्रमण देखिएको छ। हालसम्म नेपालमा ९ जना मानिसमा कोरोना संक्रमण देखिएको छ भने एक जना उपचारपछि घर फर्किसकेका छन् ।
    साक्षी खबर

    Leave a Reply