
सुनसरीमा मस्जीदमा आश्रय लिएर बसेका २२ जना विदेशी फेला, ८ पाकिस्तानी, १४ भारतिय मुस्लीम धर्मगुरु रहेकाे दावी
इनरुवा । लकडाउन सुरु भएपछि भारतको नयाँदिल्लीबाट नेपाल प्रवेश गरि सुनसरीका दुईवटा मस्जीदमा आश्रय लिएर बसेका २२ जना विदेशी फेला परेका परेका छन ।
सुनसरीको हरिनगर गाउपालिका १ स्थित जामिया मस्जीद मरकजमा एक सातादेखि इनरुवा, जल्पापुर हुदै भुटाहा पुगेका भारत मुम्वई ठेगाना बताउने १४ जनालाई सुनसरी प्रहरीले शनिवार बिहान फेला पारको हो ।
प्रहरीले हाल उनीहरुमा कोरो सक्रमणको कुनैपनि लक्षण नदेखिएकाले मदरसा भित्रै सुरक्षित रुपमा क्वारेन्टाईनमा बस्ने व्यवश्था मिलाउदै धरान स्थित विपी कोईराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा स्वाव परिक्षणका लागी पठाएको भएको छ ।
यसै गरि सुनसरी इटहरी उपमहानगरपालिका १८ स्थित जतपुर मस्जीदमा आश्रय लिएर बसेका ८ जना पाकिस्तानी नागरिकहरुलाई स्थानियको सुचनाका आधारमा बहिान ११ बजे प्रहरीले फेला पारेको छ ।
इलाका प्रहरी कार्यालय पकलीले उनीहरुलाई आवश्यक स्वास्थ्य परिक्षणका लागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाव परिक्षणका लागी पठाएको छ ।
प्रहरीका अनुसार स्थानियहरुले विदेशबाट आउने स्वदेशी तथा विदेशीहरुको बारेमा निगरानी बढाउदै सुचना संकलन गर्ने क्रममा फेला पारेका मानिसहरुको बारेमा प्रहरीलाई जानकारी गराउने क्रम बढेकाले कोही पनि लुकीछिपी सुनसरीमा बस्न सक्ने अवश्था नरहेको जनाएको छ ।
उच्च सुरक्षा स्रोतले पछिल्लो समय सुनसरीको नेपाल भारत सिमानाकाबाट नयाँदिल्ली स्थित निजामुद्दीनमा मुस्लिम संस्थाको आयोजनामा भएको तबलीगी जमातको धार्मिक सभाबाट फर्किएकाहरु लुकुछिपी समुहमा प्रवेश गरेर रातीको समयमा एक स्थानबाट अर्को स्थान हुदै सप्तरी तर्फ र केही सुनसरीमा बस्दै आएपनि उनीहरु रहेको स्थान एकिन हुन नसक्दा कोरोना सक्रमणको खतरा बढेको दावी गरेको छ ।
Barnamala News

