फिदिम नगरपालिका-५ का वडाध्यक्षको निधन

  • २१ चैत्र २०७६, शुक्रबार २०:२१ मा प्रकाशित
  • झापा । पाँचथरको फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्वापोको निधन भएको छ।

    विर्तामोडस्थित बीएण्डसी हस्पिटलमा उपचाररत ३३ वर्षीय तुम्वापोको मस्तिष्काघातबाट निधन भएको अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले जानकारी दिए ।

    बिहीबार घरमै बेहोस भएपछि उनलाई उपचारका लागि हेलिकप्टरमार्फत् सो अस्पताल ल्याइएको थियो ।

    तुम्बापो तत्कालीन नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

    अनलाइन खबर

    Leave a Reply