
कपिलवस्तु – राष्टिय जनता पार्टी कपिलवस्तुका बरिष्ठ नेता मधुशुधन शरण चौधरीले विश्वा महामारीको रुपमा फैली रहेको नोबेल कोरोना भाइरस बाट बच्न आम नागरिकलाई सावधानी भइ सचेत रहन आग्रह गरेको छन् । आफनो सामाजिक सञ्जालमा स्टाटस लेख्दै कोरोना भाइरसबाट बच्नका लागी सावधानी अपनाउनु पर्ने बताए । साबुन पानीले हात धुने , भीडभाडमा नजाने , अत्यावश्यक परेको बेला मात्र घरबाट बहिरा निस्कन अपिल गरे । साथै यस विपदको समयमा हुने कालोबजारी , तस्करी लगायतका अमानवीय कारोबारमा संलग्न जो कोहीलाई कारवाही दायरामा ल्याउनका लागी स्थानिय प्रशासनको सहयोग गर्ने बताए । कृत्रिम रुपमा बजारमा अभाव सिर्जना गर्ने पक्षहरूलाई तत्काल अनुगमनको आधारमा कारवाहीमा सहयोग गर्न सहयोग गर्ने बताए । विश्वामा नै समस्या परेको यो अवधिमा धैर्या धारणका साथ सावधानी अपनाउनका साथै सरकारलाई उपचार तथा सरसफाई जन्य सामग्री उपलब्ध गराउन माग गरेको छन् ।

