
काठमाडौं – नेपालमा पाँचाै कोरोना संक्रमित फेला परेकी छिन्। १९ वर्षकी युवतीमा संक्रमण भेटिएको हो। बेल्जियमबाट आएकी उनलाई संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकाश देवकोटाले जानकारी दिए।
उनी पनि उपत्यका बाहिरको रहेको डा देवकोटाले जानकारी दिए। शुक्रबार धनगढीमा पनि एक जना संक्रमित फेला परेका थिए।
हालसम्म नेपालमा फेला परेका पाँच संक्रमितमध्ये एक जना उपचारपछि निको भइसकेका छन्। बाँकी ४ जनाको भने उपचार भइरहेको छ।
स्वास्थ्यखबर

