कोरोना भाइरसः इटालीमा एकैदिनमा अहिलेसम्कै उच्च मृत्यु, थप ९ सय १९ को मृत्यु

  • १५ चैत्र २०७६, शनिबार १०:०३ मा प्रकाशित
  • काठमाडौं – इटालीमा कोरोना भाइरसको संक्रमणले एकैदिन थप ९ सय १९ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार १३४ पुगेको छ ।

    शुक्रबार एकै दिन मृत्यु भएका मानिसको संख्या कोरोना भाइरसको महामारी फैलिए यताकै सबैभन्दा उच्च हो ।

    ८६ हजार ४९८ जना संक्रमित भएका छन् । यसमध्ये ११ हजार मानिस उपचारपछि ठीक भएका छन् ।

    युरोपमा कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको इटाली लकडाउनको अवस्थामा रहँदा संक्रमण फैलने र मानिसहरुको मृत्यु हुने क्रम रोकिएको छैन ।
    खबरहब

    Leave a Reply