कोरोना भाइरसबारे १३ विशेषज्ञ डाक्टरले फोनमै परामर्श दिने (नम्बरसहित)

  • १३ चैत्र २०७६, बिहीबार १४:२१ मा प्रकाशित
  • ENGLISH

    कोरोना भाइरसबारे १३ विशेषज्ञ डाक्टरले फोनमै परामर्श दिने (नम्बरसहित)

    काठमाडौं- नेपाल चिकित्सक संघले कोरोनाभाइरसको नेपालमा सम्भावित जोखिम रोक्न चिकित्सकहरुसँग फोनबाटै परामर्श लिन आग्रह गरेको छ ।

    संघले कोरोना भाइरसबारे जानकारी लिन चाहनेहरुका लागि चिकित्सकको सम्पर्क नम्बर उपलब्ध गराएको छ।

    आइताबार संघले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाबारे बुझ्नको लागि १३ जना चिकित्सकको मोबाइल नम्बर प्रदान गरेको हो ।

    कोरोनाभाइरस सम्बन्धी कुनै पनि परामर्श लिनु परेको अवस्थामा सोझै चिकित्सकलाई फोन गर्न सकिने संघले जनाएको छ ।

    संघले सामान्य अवस्थामा अस्पताल नजान तथा अनावश्य भीडभाडमा नजान समेत आग्रह गरेको छ ।खबर हब .कम बाट

    Leave a Reply