कोरोना भाइरस संक्रमण रोकथामका लागि देश पूर्णरूपमा ‘लकडाउन’ भएपछि नागरिकलाई नि:शुल्क आयुर्वेद परामर्श दिने गरी चिकित्सकहरूको व्यवस्था गरिएको छ।
नेपाल आयुर्वेद विद्यार्थी समाजको संयोजकत्वमा आयुर्वेद चिकित्सकहररूको सूची प्रकाशन गरी विभिन्न समय र माध्यमबाट विशेषज्ञ आयुर्वेद परामर्श लिन सकिने जानकारी गराइएको छ।
‘लकडाउनको स्थितिमा नागरिक स्वास्थ्य सेवा प्राप्त गर्ने अधिकारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यसाथ यो सेवा सञ्चालनमा ल्याएका हौं,’ समाजका अध्यक्ष डा. लोचन आचार्यले भने, ‘यो सेवामार्फत् सर्वसाधारण नागरिकले फोन वा ह्वाट्सएप जुनसुकै माध्यमबाट चिकित्सकहरूसँग सम्पर्क गरी घरमै बसेर पनि अवलम्बन गर्न सकिने आयुर्वेद उपचार विधिबारे सल्लाह लिन सकिन्छ।’
शरीरलाई स्वस्थ राख्न एवं रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न आयुर्वेद चिकित्सा पद्धति लाभदायी मानिँदै आएको छ। यसअघि नेपाल चिकित्सक संघले स्वास्थ्य संस्थामा भिडभाड नगर्न र कोरोना भाइरससम्बन्धित सल्लाहका लागि फोनमार्फत नै चिकित्सकहरूसँग सम्पर्क गर्न अनुरोध गर्दै चिकित्सकहरूको सूची प्रकाशन गरेको थियो।
क्र.सं. चिकित्सकको नाम सम्पर्क नम्बर समय
- डा. ऋषिराम कोईराला 9851030828 साँझ ५:०० देखि ६:०० बजेसम्म
- डा. काजल झा 9851229382 (WhatsApp) बिहान १०:०० देखि ११:०० बजेसम्म
- डा. जनक अधिकारी 9851135549 बिहान ८:०० देखि ९:०० बजेसम्म
- डा. पुष्पराज पौडेल 9849021253 बिहान ८:०० देखि ९:०० बजेसम्म
- डा. पुनेश्वर केशरी 9860808363 साँझ ६:०० देखि ७:०० बजेसम्म
- डा. अशोककुमार महतो 9841918131 बिहान ८:०० देखि साँझ ८:०० बजेसम्म
- डा. मदन भण्डारी 9849654845 बिहान ८:०० देखि साँझ ८:०० बजेसम्म
- डा. शंकर गौतम +91-8302148804 (WhatsApp) जुनसुकै समय
- डा. प्रवेश श्रीवास्तव +91-9340901447 (WhatsApp) साँझ ६:०० देखि ७:०० बजेसम्म
- डा. नरेन्द्र गिरी 9841719056 दिउँसो १२:०० बजे देखि ४:०० बजेसम्म
- डा. अर्जुनराज शर्मा 9857034401 बिहान १०:०० बजे देखि साँझ ५:०० बजेसम्म
- डा. राजन गुप्ता 9845233403 बिहान ११:०० देखि दिउँसो ३:०० बजेसम्म
- डा. असिम वैद्य 9841495536 दिउँसो १२:०० बजे देखि २:०० बजेसम्म
- डा. सुदर्शन पोख्रेल 985115838 जुनसुकै समय
- डा. सैलेन्द्र सिंह 9841858036 बिहान ८:०० देखि साँझ ५:०० बजेसम्म
- डा. भरतप्रसाद साह 9840123552 दिउँसो १२:०० बजे देखि २:०० बजेसम्म
- डा. रामप्रोबोध मण्डल 9841898593 बिहान ८:०० देखि साँझ ८:०० बजेसम्म
- डा. अनिल थापा 9846264350 जुनसुकै समय
- डा. धिरेन्द्र महतो 9844020121 साँझ ८:०० देखि ९:०० बजेसम्म
- डा. सुजित कर्ण 9849017188 दिउँसो २:०० बजे देखि ३:०० बजेसम्म
- डा. सुमन खनाल +91-9170745835 (WhatsApp) दिउँसो १:०० बजे देखि २:०० बजेसम्म
- डा. नरेन्द्र लामिछाने 9857834862 बिहान ५:०० बजे देखि साँझ ८:०० बजेसम्म
- डा. प्रशन्न नेपाल 9846476406 बिहान ८:०० देखि साँझ ८:०० बजेसम्म healthpostnepal

