
–वसन्त अनुभव–
दाङ, १२ चैत / तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाको पहलमा विभिन्न संघसंस्थाहरुको सहयोगले तुलसीपुरमा क्वारेन्टाइन कक्षको निर्माण गरिएको छ । क्वारेन्टाइन कक्षका लागी तुलसीपुर उद्योग वाणिज्य संघले आफ्नो सभाहल उपलब्ध गराएको हो । जसमा ५ वेड सहितको क्वारेनटाईन कक्षको व्यवस्था गरिएको छ।
उक्त क्वारेनटाईनको लागि नेपाल रेडक्रस सोसाईटी दाङ जिल्ला शाखाले कम्वल, झुल, सरसफाई किट, टुटीवाला वाल्टि लगायतका सामग्री उपलब्ध गराएको थियो भने सिटी अस्पताल तुलसीपुरले ३ वटा वेड र राप्ति लाईफ केयर अस्पतालले २ वटा वेड उपलव्ध गराएको थियो ।
उक्त क्वारेन्टाइन कक्षका लागि आवश्यक अन्य सामग्रीहरु तुलसीपुर उपमहानगरले जुटाइदिएको जानकारी जनस्वास्थ्य प्रवर्द्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल के.सी.ले दिनुभयो ।
साथै उहाँले हाल उक्त क्वारेटाईनमा कोही कसैलाई नराखिएको र विदेश वा वाहिरवाट आएका शंकास्पद व्यक्तिहरुसंग सम्पर्क भएका तर घरमा सुरक्षित नभएका, लक्षण नदेखिएका व्यक्तिहरुलाई राख्ने योजना वनाईएको बताउनुभयो।

क्वारेन्टाइनमा वस्दा वा रहँदा ज्वरो आएमा वा लक्षण देखिएमा तत्कालै कोरोना विशेष अस्पताल, वेलझुण्डी पठाईने जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख ओम पि. न्यौपानेले बताउनु भयो। साथै कोरोनाबाट आफू पनि वच्न र अरुलाई पनि बचाउनका लागि विशेष सतर्कता अपनाउन सम्पुर्ण नगरबासीलाई अनुरोध गर्नुभयो ।

