कोरोना नियन्त्रणका लागि बेलझुण्डीमा १०० बेडको अस्पताल

  • १२ चैत्र २०७६, बुधबार २१:२६ मा प्रकाशित
  • वसन्त अनुभव-
    बेलझुण्डी, दाङ, १२ चैत्र / कोरोना भाईरसको प्रकोप नियन्त्रणका लागि दाङको वेलझुण्डीमा १०० वेडको कोरोना विशेष अस्पताल स्थापना गरिएको छ ।

    नेपाल संस्कृत विश्वविद्यालयको केन्द्रिय आयुर्वेद अध्ययन संस्थानको बेलझुण्डीस्थित शिक्षण अस्पताललाई नै कोरोना विशेष अस्पतालको रुपमा स्थापना गरिएको हो । जुन अस्पतालमा कोरोना भाइरसका बिरामीलाई आईसोलेसनका राखी उपचार गरिनेछ।

    प्रदेश सरकार, संघीय मामिला तथा कानुन मन्त्री कुलप्रसाद के.सी.को उपस्थितिमा बुधबार उक्त विशेष अस्पताल संचालनमा ल्याइएको हो ।

    प्रदेश नं.५ मा दाङको बेलझुण्डी सहित ४ वटा कोरोना विशेष अस्पताल स्थापना गरिएको जानकारी मन्त्री के.सी.ले दिनुभयो ।

    प्राप्त जानकारी अनुसार दाङको ने.सं.वि. शिक्षण अस्पताल बेलझुण्डिमा १०० बेड, रुपन्देहीको बुटवल धागो कारखानामा ५० बेड, भिम अस्पताल मा ३० बेड र बाँकेको क्यान्सर अस्पतालमा ५० बेड गरि २३० बेडको ब्यवस्था गरिएको छ ।

    बेलझुण्डिस्थित कोरोना बिशेष अस्पताल बुधबारदेखि सन्चालनमा आए पनि अन्य स्थानका अस्पतालहरु विहिबारदेखि सन्चालनमा आउने जानकारी मन्त्री के.सी.ले दिनुभयो ।

    कोरोना विशेष अस्पतालका लागि २-२ करोड रकम बिनियोजन गरेको र उक्त रकम आवश्यक औषधि, उपकरण खरिद लगायत भौतिक संरचना निर्माण कार्यमा खर्च गरिने जानकारी स्वास्थ्य निर्देशनालय, प्रदेश ५ का निर्देशक डा.बिनोद कुमार गिरीले दिनुभयो ।

    साथै उहाँले प्रदेश ५ मा १० करोड रुपैयाँको ‘कोभिड कोष’को स्थापना गरिएको जानकारी पनि दिनुभयो । कोरोना भाइरसको उपचारमा उक्त कोषले सहजता ल्याउने विश्वास व्यक्त गर्नुभयो ।

    Leave a Reply