क्रिश्चियनलाई कोरोना लाग्दैन भन्दै अफवाह फैलाउने पास्टर पक्राउ

  • ११ चैत्र २०७६, मंगलवार १७:४८ मा प्रकाशित

  • पोखरा । क्रिश्चियन धर्मावलम्बीलाई कोरोना लाग्दैन भनेर अफवाह फैलाउने एक जना पास्टर पोखरामा समातिएका छन् । अफवाह फैलाउन पास्टर केशवराज आचार्य रहेको प्रहरीले जनाएको छ ।

    आचार्य पुरानो जन्म थलो जुम्ला भई हाल पोखरा ३२ को एक चर्चमा पास्टरको रुपमा काम गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीलाई उनलाई कोरोनाबारे अफवाह फैलाएको अभियोगमा नियन्त्रणमा लिइएको जानकारी दिए ।
    रातोपाटी

    Leave a Reply