मायादेबी बजार व्यवस्थापन समितिको सहयोगमा निःशुल्क मास्क बितरण ॥

  • १० चैत्र २०७६, सोमबार २०:०० मा प्रकाशित

  • कपिलवस्तु – कोरोना भाइरसबाट सचेत रहन आग्रह गर्दै सर्वसाधारणलाई मास्क बितरण गरिएको छ । कोरोना भाइरसबारे सजग रहन सचेत गराउदै मायादेबी बजार व्यवस्थापन समितिका अध्यक्ष एवं व्यापारी परमात्म अग्रहरीको सहयोगमा आज निःशुल्क मास्क बितरण गरेको छन् । मायादेबी गाउँपालिकाको पकडी चोकमा मास्क बितरण गर्दै आग्रहरीले भाइरस संक्रमणबाट सजग रहन नियमित मास्क प्रयोग गर्ने , भीडभाड नगर्ने , सरसफाईमा ध्यान दिन आग्रह गर्नुभयो । महामारीको रुप नपाओस भन्दै उहाले २०० जना नागरिकहरुलाई मास्क बितरण गर्नु भएको हो । अहिले हामी सचेत हुनुपर्ने अवस्थामा छौं । मास्कले जोखिमलाई केही कम गर्न सक्छ त्यसैले मास्क बितरण गर्ने योजना बनाए ।

    Leave a Reply