
कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट चाकरचौडाले अबैध रुपमा भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा राति ९ बजे ४०० सय कुखुराको चल्ला बरामद गरेको छ । यशोधरा गाउँपालिका वडा नंम्बर २ ठूलो गौरा क्षेत्रमा गस्तीमा गएको सशस्त्र प्रहरीको टोली लुकाईछिपाई भारतबाट ल्याउँदै गरेको अवस्थामा बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट चाकरचौडाका प्रमुख प्रहरी निरीक्षक सन्तोष कुमार देबकोटाको नेतृत्वमा खटिएको टोलीले उक्त अबैध चल्ला बरामद गरेको निरीक्षक देबकोटाले बताए । भारतीय सिमा क्षेत्रबाट तस्करले मोटरसाइकल , साइकल र भरिया प्रयोग गरेर खेतको बाटो चल्ला नेपाल भित्र्याउदै गरेको सूचना पाउनासाथ गएको गस्तीले उक्त चल्ला बरामद गर्नको साथै बरामद चल्ला नेपाल प्रहरी , भन्सार , राजनितिदल , जनप्रतिनिधि , स्थानिय र पत्रकारको रोहबरमा नष्ट गरिएको छ । त्यस्तै सोही वडाको भडेहर बाट अवैद्य रुपमा पान मसालाको सुर्ती करिब १ लाख भन्दा बढीको बरामद गरी सुठौली भन्सार कार्यालय पठाईएको छ । पछिल्लो समय सिमा नाकामा भारतबाट नेपाल तर्फ व्यापक रुपमा तस्करी बढेपछि सशस्त्र प्रहरीले सिमा क्षेत्रमा विशेष अभियान थालेको निरीक्षक देबकोटाले बताए ।

