कोरोना नोभेल (covid -19) रोग विरुद्धको तयारी तुलसीपुरमा

  • २८ फाल्गुन २०७६, बुधबार १६:५५ मा प्रकाशित
  • तयारी औषधि तथा सामानहरु

    बसन्त अनुभव-
    तुलसीपुर उपमहानगरपालिका, जनस्वास्थ्य प्रवर्द्धन महाशाखाले कोरोना नोभेल (covid – 19) रोगको विरुद्ध तुलसीपुरमा तयारी थालेको छ ।

    महाशाखाले कोरोना भाइरसको संभावित संक्रमितको चेकजाँच परिक्षणका लागि तुलसीपुरका २ स्थान (फुलवारिको दमारगाउँ र तुलसीपुर एयरपोर्ट) मा हेल्थ डेस्क स्थापना गरि सामग्री र औषधि सहितको स्वास्थ्यकर्मी टोलि खटाउन थालेको महाशाखाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिनुभयो ।

    साथै उहाँले हेल्थ डेस्कमा पठाउने सामग्री तथा औषधिमा Infrared thermometer, apron, mask, sensitizer र केही आवश्यक औषधिहरु रहेको बताउनु भयो ।

    Leave a Reply