गोरखामा शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी आएका शिक्षकको पदस्थापना भएसँगै २४५ शिक्षकको जागिर गयो

  • १५ मंसिर २०७६, आईतवार ११:१२ मा प्रकाशित
  • गोरखा । शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरी आएका शिक्षकको पदस्थापन भएसँगै गोरखा जिल्लामा कार्यरत २ सय ४५ अस्थायी करारका शिक्षक विस्थापित भएका छन् । । ‘पदस्थापना भएका शिक्षकको संख्या कुल ३७८ मध्य नाम निकाल्ने ६३ जना अस्थायी शिक्षकको रुपमा काम गरिरहनुभएको थियो, ४ जनाले राजिनिमा दिनुभयो, ६६ दरवन्दी पहिले देखि नै रिक्त थियो ।’

    सबैभन्दा धेरै शहिद लखन गाउँपालिकामा ५५ र सबैभन्दा थोरै धार्चे गाउँपालिकामा १७ जना शिक्षक पदस्थापन गरिएको उनले बताए । सिरानचोक गाउँपालिकामा ५२, पालुङटार नगरपालिकामा ५०, गोरखा नगरपालिकामा ३५, आरुघाट गाउँपालिकामा ३३ र भिमसेन थापा गाउँपालिकामा ३२ शिक्षक पदस्थापन भएका छन् । ३१ जना बारपाक सुलिकोटमा, २६ जना गण्डकीमा, २४ जना अजिरकोट र २३ जना शिक्षक चुमनुव्री गाउँपालिकामा पदस्थापन गरिएको आचार्यले बताए । पदस्थापन भएका शिक्षक मध्य २१४ जना पुरुष र १६४ महिला रहेका छन् । ‘उनीहरुले नियुक्ती लिइसके अव पालिकासँग समन्वय गरेर एक हप्ता भित्रमा हाजिर हुन्छन् । शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी सुवासचन्द्र आचार्यले बताए । 

    प्रावि तहमा अझै २०१ अस्थायी शिक्षक कार्यरत रहेको र ‘कुल दरवन्दी १५५५ हो, त्यसमा १३५४ पदपूर्ति भयो, बाँकीमा अस्थायी शिक्षकले काम गरिरहनुभएको छ,’ उनले भने । स्थायी शिक्षकका लागी विज्ञापन खुलाउन शिक्षक सेवा आयोगलाई पत्राचार गरिएको उनले बताए । सबैभन्दा धेरै बारपाक सुलिकोट गाउँपालिकामा ३० र सबैभन्दा थोरै चुमनुव्री गाउँपालिकामा ५ जना अस्थायी शिक्षक कार्यरत छन् । शिक्षकको राजिनामाका कारण अस्थायी शिक्षकको संख्या बर्षेनी बढेको उनले बताए ।

    श्रोत – अनलाईल खबर

    Leave a Reply

    Your email address will not be published.