दाँत, कान र आँखा सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिर

  • १५ मंसिर २०७६, आईतवार १०:२९ मा प्रकाशित
  • बसन्त अनुभब

    छाँयानाथ रारा नगरपालिका मुगुको समन्वयमा जिल्ला अस्पताल ठिमी मुगुमा दाँत र कान सम्बन्धि र नेपाल नेत्र ज्योति संघको कार्यालय, मुगुमा आँखा सम्बन्धि नि:शुल्क स्वास्थ्य शिबिरको आज एक कार्यक्रमबिच उद्घाटन भएको छ ।

    छाँयानाथ रारा नगरपालिकाका मेयर श्री हरिजंग शाहीले रिबन काटेर शिबिरको उद्घाटन गर्नु भएको थियो । उक्त शिबिर ३ दिन सम्म सन्चालन हुनेछ । सो स्वास्थ्य शिबिर संचालनका लागि आर्थिक र प्राविधिक सहयोग भने गोर्खा वेल्फेयर ट्रष्टको रहेको छ ।
    शिविरबाट आँखा, कान र दाँतको समस्याबाट पीडित बिरामीहरुले निशुल्क चेकजाँच गराई स्वास्थ्यलाभ प्राप्त गर्न सक्नेछन् । शिबिर मंसिर १५ देखि १७ गते सम्म बिहान ८ बजे देखि ५ बजे सम्म संचालन हुनेछ ।


    उक्त समस्याबाट पीडित ६० वर्ष माथिका आमाबुवाहरुलाई शिबिर सम्म आउनका लागि गाडीको ब्यवस्था गरिएको हुँदा इच्छुक आमाबुबाहरुले ड्राइभरको मोबाईल नम्बर ९८४८०९११०५ मा सम्पर्क गर्न समेत सबै नगरबासी आमाबुबा, दाजुभाइ, दिदीबहिनीहरुलाई मेयर शाहीद्वारा अनुरोध गरिएको छ ।

    Leave a Reply

    Your email address will not be published.