
रोसन थिंग् , नुवाकोट
नेपाल हाप्किडो संघको स्वीकृतिमा नुवाकोट जिल्ला हाप्किडो संघको आयोजनामा तथा बेलकोटगढी नगरपालिकाको व्यवस्थापनमा “मेयर कप तथा चौथो सहिद स्मृति राष्ट्रिय हाप्किडो प्रतियोगिता २०८२” फागुन १ र २ गते सञ्चालन हुने भएको छ।
सुकुमान मेमोरियल पोलिक्लिनिक प्राङ्गण, बेलकोटगढी–४, नुवाकोटमा आयोजना हुने उक्त राष्ट्रियस्तरको प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट खेलाडीहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
कार्यक्रमका प्रमुख अतिथि बेलकोटगढी नगरपालिकाका नगरप्रमुख जगतबहादुर गुरुङ रहनेछन् भने विशेष अतिथिको रूपमा उपप्रमुख शिवप्रसाद दहालको उपस्थिति रहनेछ।
नुवाकोट हाप्किडो संघका प्रशिक्षक सरोज गुरुङ मोक्तानका अनुसार यस राष्ट्रिय प्रतियोगिताले सहिदहरूको अमर स्मृतिप्रति सम्मान व्यक्त गर्दै हाप्किडो खेलको प्रवर्द्धन, खेलाडीहरूको क्षमता अभिवृद्धि तथा समग्र खेलकुद संस्कृतिको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ।
आयोजकले प्रतियोगितालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न सम्पूर्ण खेलप्रेमी, अभिभावक तथा सरोकारवालाहरूलाई उपस्थितिका लागि आग्रह समेत गरेको छ।

