
नेपाली चलचित्र उद्योगका वरिष्ठ कलाकार सुनिल थापा ‘राते काइँला’ को आज बिहान हृदयाघातका कारण ६८ वर्षको उमेरमा निधन भएको छ ।
शंखमूलस्थित अपार्टमेन्टमा बस्दै आएका उनको स्वास्थ्यमा समस्या आएपछि बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा लगिएको थियोे । अस्पताल श्रोतका अनुसार बेहोस अवस्थामा अस्पताल पुर्याइएका उनको ईसिजी गरेपश्चात अस्पतालले मृत्यु भएको पुष्टि गरेको थियोे ।
नेपाली चलचित्र ‘चिनो’मा खलनायकको भूमिकामा खेलेदेखि उनी ‘राते काइँला’को नामले परिचित थिए । नेपाली, भोजपुरी, बलिउड फिल्महरूमा आफ्नो छुट्टै पहिचान बनाएका थापाको निधनले समस्त शुभचिन्तक एवम् सिने जगत गहिरो शोकमा डुबेको छ ।
दिवंगत सुनिल थापाको आत्माले छिट्टै चिरशान्ति प्राप्त गरोस् हार्दिक श्रद्धाञ्जली !

