चर्चित गायक आनन्द राज बज्राचार्यको ”’एई ! एउटा कुरा सुनन” सार्वजनिक

  • ११ आश्विन २०८२, शनिबार १२:०७ मा प्रकाशित
  • काठमाडौं ।
    चर्चित गायक आनन्द राज बज्राचार्यको स्वरमा सजिएको नयाँ गीत ” एई! एउटा कुरा सुनन” सार्वजनिक भएको छ ।

    गीतमा शब्द राजेन्द्र अधिकारी “अपुर्ण”ले लेखेका छन् भने संगीत संयोजन सचिन सिंहले गरेका छन् ।

    गीतलाई सिबा इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।मोडलिङमा बद्री प्रसाद तिवारी र संगिता खाती देखिएका छन् । उक्त गीतको छायाङ्कन सुइंखेत रिभर भ्याली रिसोर्ट (हेमजा)मा गरिएको हो ।

    गीतमा मादलमा पोसन, गिटारमा सन्जिव सुब्बाले साथ दिएका छन् । रेकर्डिङमा राजा बाबु चौधरी, मिक्सिङ तथा मास्टरिङमा चन्द्र चौधरीको योगदान रहेको छ । भोकल रेकर्डिङ बार डिजिटल स्टुडियोमा बुद्ध राज बज्राचार्यको निगरानीमा सम्पन्न भएको हो भने मुख्य रेकर्डिङ कार्य स्टुडियो अकोस्टिक नेपाल, काठमाडौंमा गरिएको हो ।

    भिजुअल सम्पादन तथा निर्देशन नेत्र गुरुङले गरेका छन् भने पोस्ट–प्रोडक्सन नेत्र इन्टरटेन्मेन्टले गरेको हो । गीतको छायाङ्कनमा मिलन शंकरको सिनेमाटोग्राफी, अमृत देवकोटाको लाइट हेड, मेकअपमा राजकुमार गुरुङ र पब्लिसिटी डिजाइनमा सविन गायक (स्वोपु क्रिएसन)को उल्लेखनीय भूमिका रहेको छ ।

    पूरा भिडियो यो युटुब लिङ्कमा हेर्न सक्नुहुनेछ